शिद्धेश्वर मन्दिर को शिलान्यास

विराटनगर, २४ जेठ । विराटनगर ३ मा निर्माण गरिने शिद्धेश्वर सेवा समाज (मन्दिर) को शिलान्यास गरिएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज शिलान्यास गर्नु भएको हो ।

प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित रकमबाट मन्दिर निर्माण गर्न लागिएको हो । कोषबाट मन्दिरलाई १० लाख विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र विकास कोषबाट विराटनगर १ को विष्णुमाया पुस्तकालय सामुदायिक भवन निर्माणका लागि सहयोग गरिएको छ ।

सामुदायिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोषबाट सामुदायिक भवनका लागि १५ लाख विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button