शिर्ष खेलाडी नवौं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टनको उपाधी नजिक

0
63

सुनसरी, २७ भदौ । राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता २०७६ को तीन उपाधी निकट पुगेका छन् । नेपाल खेलकुद महासंघ निकट राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिला महर्जन महिला एकल, महिला युगल र यु १७ गरि तीन विधाको उपाधी निकट पुगेकी हुन् । सेनाकी रशिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङ्गलाई २१ । १७, १८ । २१, २१ । १३ ले तथा छात्रा यु १७ तर्फ राजधानी युथ क्लब मोरङ्गकी रोज पाण्डेलाई २१ । ९, २१ । १६ ले पन्छाउँदै उपाधी निकट पुगेकी हुन् । अब महर्जनले उपाधीका लागि महिला एकलमा अघिल्लो संस्करणकी विजेता नङ्गशल देवी तामाङ्ग संग प्रतिस्पर्धा गर्ने छिन् । रशिला अघिल्लो संस्करणमा सेनाबाट प्रतिनिधित्व गरेकी तामाङ्ग संगनै पराजित भएकी थिईन् । अहिले भोजपुरबाट खेलेकी तामाङ्गले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीलाई २१ । १७, २१ । १२ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन् । यसै गरि महिला युगलमा रशिलाले सेनाकी रञ्जना भट्ट संग मिलेर बाँकेकी संझना शर्मा र मोरङ्गकी सिमा राजबंशीको जोडीलाई २१ । १५, २१ । १७ ले पराजित गर्दै फाईनलमा एपिएफका जेशिका गुरुङ्ग र पुजा श्रेष्ठको जोडी संगको भेट पक्का गरिन् । जेशिका र पुजाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१ । १५, ११ । २१, २१ । १७ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । यु १७ तर्फ रशिलाले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशी संग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले राजधानी युग क्लब, मोरङ्गकी रोज पाण्डेलाई २१ । ९, २१ । १६ ले तथा राजबंशीले सेनाकी रञ्जना भट्टलाई १६ । २१, २१ । १६, २१ । १४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१ – १२, २१ – १४ ले पन्छाउँदै फाईनलमा चिर प्रतिद्वन्दि पूर्व राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्ग संगको भेट पक्का गरे । अघिल्ला सात संस्करणका विजेता रत्नले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१ । १४, २१ । १९ को जित निकाले । यसैगरि दिपेश र रत्न युगलमा पनि उपाधीका लागि भिड्ने भएका छन् । युगल तर्फ दिपेशले विजित थापा मगर संग मिलेर बाँकेका रियाज अन्सारी र ईरफान अन्सारीलाई २१ । १५, २१ । १७ ले पन्छाए । यस्तै रत्नले नविन श्रेष्ठ संग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१ । १५, २४ । २२ को कठिन जित निकाले । पुरुष खुल्ला तर्फ सेनाका पविन लिनथेप र कैलालीका देवराज राना फाईनल प्रवेश गरेका छन् । पविनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीलाई १९ । २१, २१ । ११, २१ । १८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२ । २०, २१ । १८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । महिला खुल्ला तर्फ जेष्ट ब्याडमिनटन एकेडेमीकी मनिषा खड्का फाईनल प्रवेश गरेकी छिन् । खड्काले बाँकेकी सुष्मा श्रेष्ठलाई २२ । २०, १३ । २१, २१ । १७ ले पराजित गर्दै उपाधीका लागि कैलालीकी प्रार्थना देउवा संगको भेट पक्का गरेकी हुन् । देउवाले जेष्टकी सफी खत्रीलाई २१ । १६, २१ । १० ले पाखा लगाईन् । छात्र यु १७ उपाधीका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सु सिंह क्षेत्री भिड्ने भएका छन् । चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१ । १०, २१ । १८ ले तथा क्षेत्रीले सेनाका भोजबहादुर गुरुङ्गलाई २१ । १५, २१ । १९ ले पराजित गरे । भेट्रान्स जोडी तर्फ धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । प्रधान र श्रेष्ठको जोडीले ईलामका दर्शन भक्तराज र संजय भक्तराजको जोडीलाई २१ । १४, २१ । १० ले पन्छाए । यस्तै अर्को खेलमा पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यको जोडीले सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीलाई २२ । २०, १९ । २१, २१ । ६ ले पराजित गर्दै फाईनलमा प्रधान र श्रेष्ठको जोडीसंगको भेट पक्का गरको हो । प्रतियोगिताको फाईनल खेल भोली शनिबार ७ ः ०० बजेबाट हुने प्रतियोगिता रेफ्रि उदय अर्यालले जनाएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here