Tune to BFM 91.2|Biratnagar

शिवमायाद्धारा पदभार ग्रहण


मोरङ्ग ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नु भएको छ ।हालै मात्र उपसभामुखबाट राजीनामा दिनुभएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुभयो । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button