Tune to BFM 91.2|Biratnagar

शेयर कारोबार आज देखि बन्द

काठमाण्डौ ९ चैत । अत्यावश्यक सेवा भित्र नपरेपछि आज देखि शेयर कारोबार बन्द गरीने भएको छ । नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आजबाट बन्द हुने घोषणा गरेसँगै आज देखि सेयर कारोबार बन्द हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ९ गतेबाट २१ गते सम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आइतबारबाट बन्द हुने घोषणा गर्नुभएको थियो ।

गत बिहीवार पाँच लगानिकर्ता संघ हरुले पनि चैत महिना भरी शेयर बजार बन्द गराउन माग गर्दै बोर्डमा ज्ञापनपत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button