Tune to BFM 91.2|Biratnagar

श्रमिक बनाएर राखिएकी बालिकामाथि यातना

विराटनगर २३ चैत । विराटनगरको एउटा व्यापारिक परिवारमा घरेलु श्रमिक बनाएर राखिएकी बालिकामाथि लामो समयदेखि यातना दिने गरिएको घटना सार्वजनिक भएको छ ।

विराटनगर महानगरपालिका–६ सरोचियाका व्यापारी मोहम्मद नसिम अन्सारी र उनकी पत्नी हलिमा खातुनले भारतको अररिया सिसौना घर भएकी १३ वर्षीया बालिका रेहाना प्रविनमाथि यातना दिने गरेका हुन् । सिलाई कटाई मेसिनका व्यापारी रहेका अन्सारीको विराटनगरस्थित शनिमन्दिर चौकमा पसल छ ।

स्थानीय बासिन्दाका अनुसार उनले दुई वर्षदेखि बालिकालाई ल्याएर घरेलु श्रमिकका रुपमा लगाउँदै घर भित्रै बन्धक बनाएर राखेका थिए । स्थानीय बासिन्दाले उद्धार गरेर उनलाई उपचारका लागि आज कोशी अस्पताल पुर्याएका छन् । एक्स–रे गर्ने क्रममा उनको देब्रे कुमको हड्डी चर्किएको पाइएको उपचारमा संलग्न चिकित्सक सगुप्ता आराले बताउनुभयो ।

बालिकाले आफूलाई घरमा ल्याएदेखि नै यातना दिने र कुटपिट गर्ने गरिएको बताइन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बालिकामाथि कुटपिट गरिएको र यातना दिइएको घटनामा गम्भीर रुपमा अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button