श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
विराटनगर, २१ पुस । ईलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
आज बिहान साँढे ५ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको आरोपमा उननलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान शुरु गरीएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।