Tune to BFM 91.2|Biratnagar

श्रीमानको हत्या गर्ने श्रीमतिसहित तीन जना जेल चलान

विराटनगर १ असार । विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आरोपमा उनकै श्रीमतिसहित तीन जनालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायधीश राजकुमार कोइरालाको इजालशले हत्या आरोपमा पक्राउ परेकी दुलालकी श्रीमति मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी १२ का २० वर्षीय सोनु साहलाई थुनामा राख्न हिजो आदेश गरेको हो ।

अदालतको ७ नम्बर इजालशमा भएको थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रेग्मीले बहस गर्नुभएको थियो ।

थुनछेकमा वादी र प्रतिवादीका कानून व्यवसायीहरुले बहस गरेपछि आदेश आएको हो ।अदालतको आदेशपछि तीन जना पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button