श्रीमानले प्रेसर कुकरले हान्दा श्रीमती गम्भीर

0
97

विराटनगर, १६ असोज । विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् । सामान्य घरसायी विवादमा आज बिहान श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो । उहाँकाअनुसार मञ्जुको टाउकोमा गम्भीर चोट छ । प्रहरीले घरयासी विवाद भने पनि कस्तो विवादका कारण घटना भएको हो भन्ने बारेमा खुलाएको छैन । घटनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here