Tune to BFM 91.2|Biratnagar

श्री बाल माध्यमिक विद्यालयमा चोरी

विराटनगर १२ जेठ । विराटनगर–१४ स्थित श्री बाल माध्यमिक विद्यालयमा चोरी भएको छ । जतुवा, धर्मबाँध रोडमा रहेको सो विद्यालयको अफिस कोठाको ताला फुटाएर चोरहरुले चोरी गरेका छन् । चोरहरुले विद्यालयका प्रधानाध्यापक बस्ने अफिस कोठाभित्र रहेको दुईटा दराज र एउटा बाकस फुटाएका छन् ।.कोठामा रहेको दराज फुटाएर चोरहरुले प्रोजेक्टरको साउण्ड सिस्टम र विद्यालयको महत्वपूर्ण फाइलहरु चोरी गरी लगेको विद्यालयका प्रधानाध्यापक बिजेन्द्र सिंहले जानकारी दिनुभयो । अफिस कोठामा राखिएको तीन सेट कम्प्युटर शुक्रबारका दिनमात्र अर्को कोठामा राखिएकाले चोरीबाट बंचेको विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवले बताउनुभयो । चोरहरु कम्प्युटर चोर्न आएको हुनसक्ने आशंका ब्यक्त गर्नुहुंदै उहाँले कम्प्युटर सेट अर्को कोठामा राखिएकाले जोगिएको उहाँले बताउनुभयो । घटनाको विषयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button