षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : मुख्यमन्त्री राई

0
80

भोजपुर, १६ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताउनु भएको छ । बालागुरुको १ सय ८५ आँै जन्मजयन्ती मनाउन भोजपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राईले षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउनुभयो । मुख्यमन्त्री राईले भने, ‘उहाँको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’ सो अवसरमा उनले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास गर्नुभयोे । मुलुकमा सती प्रथा अन्त्य गर्न र शिक्षाको ज्योति छर्न बालागुरुको योगदान रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here