Tune to BFM 91.2|Biratnagar

संकटालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाण्डौं, २७ माघ । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार साविक उपविजेता संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई ुबीु र दिपक राईले एक एक गोल गरे ।

संकटाका मेसोउकेले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रञ्जित धिमालको कर्नरमा हेड गोल गरेका थिए । खेलको ६४ औं मिनेटमा विशालले फ्रिकिकबाट गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा संकटाका मेसोउकेले एक गोल फर्काएपनि मछिन्द्र ३–१ ले विजयी भयो । जितसँगै शीर्ष स्थानमा उक्लिएको मछिन्द्रले १२ खेलमा २८ अंक जोडको छ । र, मछिन्द्रले उपाधि होड कायम राखेको छ ।

मछिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पारेको छ । दोस्रो स्थानमा झरेको आर्मीको २६ अंक रहेको छ ।

तर, आर्मीले एक खेल कम खेलेको छ । मछिन्द्रको जितसँगै लिगको उपाधि होड समेत रोमान्चक मोडतर्फ गएको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button