Tune to BFM 91.2|Biratnagar

संक्रमण फैलन नदिन धरानमा हट लाइन सेवा शुरु

विराटनगर ११ चैत । कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा वन्द गरे सगै सामान्य विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्या फोन वाटै गर्ने र परामर्सवाट नभए घर सम्म पुगेरै भए पनि उपचार गर्ने उद्येश्यले हटलाईन सेवा शुरु गरेको फाउण्डेसनले जनाएको छ ।
धरानमा रहेका चिकित्सकहरुको संस्था फाउन्डेशनले विगतमा समेत उपचारको पहुच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लक डाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो ।

विपीमा ओपिडी लगायतका सेवा बन्द भएको र हेल्प लाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले भने समस्या भएका विरामीको घरमै गएर उपचार गर्ने भएको छ । फाउण्डेसनले प्रत्येक समस्याका लागी अगल अगल हटलाईन नम्बर को व्यवस्था गरेको छ ।

हाडजोर्नी, दन्तचिकित्सा, मेडिसिन, सर्जिकल, लगायतका धरानका ३०÷४० जनाको चिकित्सको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवा दिने भएको हो । फाउन्डेशनका अध्यक्ष डा. इन्द्र लिम्बुले कोरोना भाइरसका कारण अस्पतालमा आउन नपाएका विरामीहरुलाई घरमै गएर उपचार गराउने बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button