Tune to BFM 91.2|Biratnagar

संक्रमितको शव बोक्ने गाडी दुर्घटना

विराटनगर, १६ कात्तिक । मोरङमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव बोक्न प्रयोग गरिने गाडी दुर्घटनामा परेको छ । विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएका संक्रमितको शवलाई व्यवस्थापनका लागि उर्लाबारी पु¥याएर फर्कदै गरेको को १ च ४०७१ नम्बरको शव बहान दुर्घटनामा परेको हो ।

कोरोनाका कारण मृत्यु भएका पुरुषको शवलाई व्यवस्थापन स्थलमा पु¥याएर फर्कदै गर्दा यात्रुबहाक बसमा ठोक्किएर गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताउनु भयो । उहाँका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा हिजो साँझ एकै पटक तीनवटा गाडी दुर्घटनामा परेका थिए । झापाको काँकडभिट्टाबाट यात्रु बोकेर सुनसरीको इटहरीतर्फ आउँदै गरेको को १ ख ७८४७ नम्बरको यात्रुबहाक बसमा सुरुमा शव बहान ठोक्किएको थियो ।

बसमा ठोक्किएको शव बहानको पछाडि शव व्यवस्थापनमा खटिएको सेनाको टोली चढेको को १ झ ६७४ नम्बरको गाडी ठोक्किएको थियो । सो गाडी संक्रमितको शव व्यवस्थापनमा प्रयोग गर्ने गरी प्रदेश १ को सामाजिक विकास मन्त्रालयले नेपाली सेनालाई उपलब्ध गराएको हो । संक्रमितको शव व्यवस्थापनका लागि टोली परिचालन गर्दै आएको मोरङस्थित नेपाली सेनाको सूर्य दल गण थलाहाका गणपति प्रमुख सेनानी महेश बाटाले दुर्घटनामा परेर क्षति पुगेका शव बहानसहित दुवै गाडी मर्मत सम्भारका लागि लगिएको जानकारी दिनु भयो ।

दुर्घटनामा परेको गाडी मर्मत नहुनजेलसम्मलाई अर्को गाडीको व्यवस्था गर्दै संक्रमितको शव व्यवस्थापनलाई भने निरन्तरता दिइएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button