Tune to BFM 91.2|Biratnagar

संखुवासभाका क्वारेन्टाइन रित्तै

बिराटनगर २४ चैत । संखुवासभामा बनाइएका क्वारेन्टाइन अहिलेसम्म रित्तै रहेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बनाइएका क्वारेन्टाइनमा बस्न कोही नआएपछि रित्तै भएका हुन् ।

सदरमुकाम खाँदवारीलगायतका स्थानीय तहमा बनाइएका १ सय ६ शैयाको क्वारेन्टाइन र संक्रमितका लागि १६ वटा आइसोलेसन बेड बनाइएको छ तर अहिलेसम्म एक जना पनि क्वारेन्टाइनमा बस्न नआएको स्वास्थ्य कार्यालय संखुवासभाका सूचना अधिकारी रोषन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाले देश विदेशबाट जिल्ला भित्रिएका संखुवासभाबासीमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिएपनि उनीहरु घरमै सुरक्षित बसेका छन् ।घर फर्केकाको शंका लागेका व्यक्तिहरुको भने नियमित चेक जाँच गर्ने गरिएको बताइएको छ ।

घर फर्केका करिव ५ हजारमा अहिलेसम्म कसैलाई पनि सक्रमण नभएको श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button