संखुवासभामा हावाहुरीबाट २ करोड रुपैयाँभन्दा बढीको क्षति

0
68

विराटनगर, ३१ बैशाख । संखुवासभामा बर्षासँगै आएको हावाहुरीका कारण २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । हावाहुरीले धर्मदेवी नगरपालिकाका ११ घर भत्काएको छ । धर्मदेवी–३ तामाफोकका ओम जिमी, मछेम जिमी, कविन जिमी, योगेन्द्र जिमी र सूर्यमान जिमीको घर पूर्णरुपमा क्षति भएका छन् भने अन्य ६ घरमा आंशिक क्षति भएको नगरप्रमुख रमेश जिमीले जानकारी दिए । आइतबार साँझ आएको हावाहुरीले गाईवस्तु बाँध्ने टहरासमेत भत्काइदिएको छ । हावाहुरीसँगै आएको असिना पानीले धर्मदेवी नगरपालिका क्षेत्रमा अलैंची र तरकाली बालीमा ठूलो क्षति र्पुयाएको नगरपालिकाले जनाएको छ । क्षतिको विवरण संकलन कार्य अझै जारी रहेको बताइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here