Tune to BFM 91.2|Biratnagar

संघियता असफल वनाउने खेलमा सरकार लागेको उपेन्द्र यादवको आरोप

विराटनगर, ४ फागुन । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाउनुभएको छ । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष यादवले सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरि मिडिया काउन्सील विधेयकसहित फोन ट्यापिङ र सेना परिचालनको बिषय प्रधानमन्त्रीको मातहतमा ल्याउने गरि बिधेयकहरु पारित गराउनेतर्फ लागेका कारण सरकारको भनाई र गराईमा फरक देखिएको बताउनुभयो ।

उहाँले सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाए पनि ब्यवहारमा दुखी नेपाली र दरिद्र नेपाल बनाउन प्रयासरत रहेको दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टी संबिधान संशोधनको सर्तसहित सरकारमा गएपनि नेकपा र प्रधानमन्त्री स्वयं सहमतिबाट पछि हटेका कारण आफुहरु सरकारबाट बाहिरिएको प्रष्ट पार्नुभयो । अध्यक्ष यादवले संबिधान संशोधन गरि सर्वस्वीकार्य नबनाएसम्म मुलुक अग्रगतिमा बढ्न नसक्ने बताउनुहुँदै संशोधन नगरे जनताले सडक संघर्षको बाटो रोज्ने चेतावनीसमेत दिनुभयो ।

पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले दुई नम्वर प्रदेशमा आफनो पार्टी सरकारवाट नबाहिरिने प्रस्ट पार्नुभयोे । समाजवादी पार्टी र राजपा विचको सहकार्य रहुुन्जेलसम्म दुई नम्वर प्रदेशको सरकारवाट पार्टी नह्टने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button