संरचना अभावमा एसईईको तयारी केन्द्रबाटै सुरु

0
68

मंसिर १३, २०७५ – शिक्षा ऐनअनुसार एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने प्रावधान भएपनि आवश्यक संरचना अभावमा यस वर्षको तयारी संघीय स्तरबाटै सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १० गतेबाट सञ्चालन गर्ने गरी परीक्षा तालिका समेत सार्वजनिक गरिपनि प्रदेशस्तरबाट परीक्षा सञ्चालनका लागि बन्नुपर्ने संरचना तयार भएको छैन । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले देशभरबाट परीक्षामा सहभागी हुने विद्यार्थीको नाम संकलन, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका छपाइको संयोजन भईरहेको जानकारी दिनुभयो । केन्द्रबाटै प्रश्नपत्र निर्माण गरिएपनि सात वटै प्रदेशमा प्रश्नपत्रको सेट भने फरक–फरक हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उत्तरपुस्तिका छपाईको जिम्मेवारी सातवटै प्रदेशलाई छुट्टाछुट्टै दिदै बोर्डले निगरानी तथा संमन्वय गर्ने सहमति भएको छ । सातै प्रदेशले जनक शिक्षा केन्द्रसंग सम्झौता गरी छपाइ प्रक्रिया अघि बढाएका छन् । उत्तरपुस्तिका पुस अन्तिमसम्म सकिने जनक शिक्षा केन्द्रले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा तालिका हिजै सार्वजनिक गरिसकेको छ । चैत १० गते सुरु हुने परीक्षा २१ गते सकिनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here