Tune to BFM 91.2|Biratnagar

संविधानलाई ट्रयाकमा फर्काउन ‘पापड’ लाई सक्रिय बनाईने

विराटनगर, २५ माघ । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानलाई ट्रयाकमा फर्काउन पेशागत संघ संगठनहरुको साझा संस्था ‘पापड’ लाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

संसद बिघटन गरेर वैशाख १७ र २७ गते तोकिएको निर्वाचन असंभव रहेको बताउँदै त्यसका लागि ‘पापड’ ले दवाव सिर्जना गर्नुपर्ने उहाँले बताउनुभएको छ ।विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै अधिवक्ता भट्टराईले निर्वाचन आयोगलाई तयारीको समय अभाव, सत्तारुढ दलको आधिकारिकताको विवाद टुंगो लगाउन अझै न्यूनतम २० दिनको समय लाग्ने र निर्वाचनको वातावरण नै नरहेको अवस्थामा देशमा राजनीतिक संकट आउनसक्ने दावी गर्नुभयो ।

त्यसका लागि गैरसंवैधानिक कदम सच्याउनका नागरिक आन्दोलन आवश्यक रहेकोले ‘पापड’ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button