संसदमा उपभोक्ता संरक्षण विद्येयक टेवल हुँदै

0
54

प्रभावकारी कानून नहुँदा बजारमा सर्वसाधरण ठगिएको गुनासो बढिरहँदा सरकारले संसदमा आज उपभोक्ता संरक्षण विद्येयक टेवल गर्दैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उपभोक्ता संरक्षण विद्येयक अपरान्ह १ वजे वस्ने प्रतिनिधीसभा वैठकमा प्रस्तुत गर्न लाग्नुभएको हो। यसअघि उपभोक्ता संरक्षण ऐन २०५४ र नियमावली ५६ अनुसार बजार अनुगमन गरेपनि कालोवजारी र अनियमितता गर्नेलाई कारवाही गर्न नसकिएपछि सरकारले संशोधन गरेको हो । बजार अनुगमनमा जाने कर्मचारीलाई पुर्ण अधिकार, स्थलगत कारवाही, जरिवाना रकम वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखेर विद्येयक बनाईएको मन्त्रालयका सचिव चन्द्र घिमिरेले जानकारी दिनुभयो । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले बजार अनुगमन नियमित भएपनि कानून फितलो भएपछि अहिलेसम्म परिणाम आउन नसकेको स्वीकार गर्नुभयो । सरकारले संसदमा टेवल गर्न लागेको विद्येयक प्रति नेपाल चेम्वर अफ कमर्शले भने आपत्ति जनाएको छ । निजी क्षेत्रसंग प्रत्यक्ष जोडिएको विषयमा आफुहरुसंग सल्लाह नै नगरि व्यवसायिक बाताबरणमा खलल र्पुयाउने गरि विद्येयक ल्याएको चेम्वरले आरोप लगाएको हो । बजारलाई व्यवस्थित र मर्यादित बनाउन संयुक्त बजार अनुगमनको व्यवस्था र नीजि क्षेत्रको सहभागिता हुनुपर्ने चेम्वरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here