Tune to BFM 91.2|Biratnagar

संसदमा भारतको राष्ट्र भाषा बोल्नेलाई राज्य द्रोह अपराधमा कार्वाही गर्न माग

विराटनगर, २८ जेठ । संघीय संसदमा भारतको राष्ट्र भाषामा बोल्नेहरुलाई कार्वाही गर्न प्रदेश नं १ का सांसदले केन्द्रिय सरकारसँग माग गरेका छन ।

प्रदेश नं १ सभाको बजेट अधिबेशनको आजको एघारौ बैठकको शुन्य समयमा बोल्दै प्रदेश सांसद बलबहादुर साम्सुहाङले संघीय संसदमा भारतको राष्ट्रिय भाषा हिन्दीमा बोल्नेहरुलाई राज्य द्रोह अपराधमा कार्वाही गर्न माग गर्नुभएको छ ।

नेपाली भाषा , सँस्कृतिको सम्मान गर्नु सबै नागरिकको कर्तव्य हुने संबिधानमा उल्लेख भएकोले वेवास्ता गर्दै हिन्दी भाषामा बोल्नु विदेशीको इशारामा उनीहरुको पक्षपोषण गरेकोले राज्य द्रोहको कसुर ठहर हुने सांसद साम्सुहाङको छ ।

उहाले हिन्दीमा बोल्नेहरुले नेपालको अतिक्रमित भुमीको बिरोध नगरि भारतीय जासुसी सँस्था ‘रअ’ को एजेन्ट हुनसक्ने भएकोले छानविन गरेर कार्वाही गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button