Tune to BFM 91.2|Biratnagar

संसदले सिन्को भाँचेन : एमाले नेता नेम्वाङ

विराटनगर, २ मंसिर । नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङले संसदले सिन्को नभाँचेको बताउनु भएको छ । सरकारले संसदलाई काम दिन नसकेको उहाँको भनाई छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले सो कुरा बताउनु भएको हो ।

एमाले स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता नेम्वाङले प्रधानन्याधिश चोलेन्द्रशम्सेर जवराको राजीनामा माग गर्दै न्यायाधिशले इजलास बहिस्कार गर्नु ठिक नभएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ इजलास बहिस्कार गर्नु ठिक हैन, दुःखत हो ।’ सर्वोच्चमा देखिएको विवाद जतिसक्दो चाँडो निश्कर्षमा पुगोस् उहाँले भन्नुभयोे ।

अदालतमा देखिएको समस्या आन्तरिक भएकाले दलहरुले विचार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ यस्तो परिस्थितिमा दलहरु जिम्मेवार हुनुपर्छ ।’ फरक प्रसङ्गमा नेता नेम्वाङले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे प्रष्ट बताउन चाहनुभएन । उहाँले भन्नुभयोे,‘ अध्यक्ष केपी ओली नै हो । त्यसपछिको पदका बारेमा छलफल भईरहेको छ ।’

बरिष्ठ उपाध्यक्षमा तपाईको दावी छ नी भन्ने जिज्ञासामा उहाँले भन्नुभयोे,‘ छलफलमा छौं, सहमतिमा नेतृत्व चयन गर्ने बारे छलफल भईरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button