Tune to BFM 91.2|Biratnagar

संसदीय दलको नेताको हैसियतले काम नगर्न मुख्यमन्त्री राईलाई सचेत

विराटनगर, १४ पुस । प्रदेश–१ नेकपा संसदीय दलको नेताको हैसियतले कुनै पनि काम नगर्न संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईलाई दलका उपनेता टंक आङ्बुहाङले पत्र पठाएर सचेत गराउनुभएको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी आङ्वुहाङले नेकपाको संसदीय दलको नेताको हैसियतले कुनै पनि काम नगर्न पत्रमार्फत आफूले सचेत गराएको जानकारी दिनुभएको हो ।

विधानअनुसार बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको अवस्थामा संसदीय दलको नेताको हैसियतले राईले काम गर्न नपाउने व्यवस्था रहेको आङ्बुहाङको दाबी छ । नेकपाका ३७ सांसदहरूले संसदीय दलको नेता र मुख्य मन्त्रीबाट हटाउन संसदीय दल तथा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

बहुमत सदस्यले पुस १२ गते नेकपा प्रदेश–१ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको आङ्बुहाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button