Tune to BFM 91.2|Biratnagar

संसद पुनरस्थापना नभए देश द्वन्द्वमा फस्ने खतरा : डा शेखर

विराटनगर, २६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद पुनरस्थापना नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताउनुभएको छ । आज विराटनगरस्थित कोइराला निवासमा प्रत्रकारहरूसँगको कुराकानीमा अदालतले संसद पुनस्थापना नगरे देश द्वन्द्वमा फस्ने खतरा रहेको बताउनुभएको हो ।

कोइरालाले तोकिएको समयमा निर्वाचन हुने अवस्था नरहेकाले अदालतबाट संसद पुनस्थापना नभए देश नयाँ खालको द्वन्द्वमा फस्ने कोइरालाको भनाइ छ । संसद विघटन असंवैधानिक भएकाले प्रधानमन्त्रीको कदमको विरोधमा कांग्रेस सडकमा आएको बताउनुभयो । उहाँले विरोध र निर्वाचनको तयारी दुबैलाई कांग्रेसले एकैसाथ अघि बढाउने स्पष्ट पार्नुभयो ।

कोइरालाले कांग्रेको प्रदेश स्तरिय संरचना नभएकाले प्रदेशको निर्णय पनि केन्द्रलेनै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कोइरालाले तत्काल प्रदेश सरकारमा कांग्रेस समावेश नभई तथस्ट बस्नु उपयुक्त हुने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button