Tune to BFM 91.2|Biratnagar

संसद विघटनको विरोधमा परिषद्द्धारा विराटनगरमा प्रदर्शन

विराटनगर, ६ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर शाखाले संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ । परिषद्ले अलोकतान्त्रिक एवं असंवैधानिक निर्णय खारेज गर, संसद विघटन जनतामाथिको धोका हो, जनभावना र जनमतको कदर गर, जनमत र जनादेशको सम्मान गर्दै पुनः संसद स्थापना गर, संसद विघटन लोकतन्त्र माथिको कुठाराघात हो, अधिनायकवाद र निरंकुशताको अन्त्य गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेको छ । सोमबार निकालिएको विरोध र्यालिले विराटनगरको विभिन्न ठाँउको परिक्रमा गरेको थियो । सरकारले गरेका गलत कार्यमा निरन्तर खबरदारी गरिरहने परिषद्का प्रदेश सचिव मनिप ओझाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button