Tune to BFM 91.2|Biratnagar

संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

विराटनगर २४ चैत । कोरोना भाइरसको संक्रमण कारण विश्वमा ६९ हजारभन्दा बढीको मृत्यु भएको छ । आज विहान सम्म यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख ७२ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् ।

त्यहाँ संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार नाघेको छ । त्यहाँ ९ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । १२ लाख ७२ हजार कोरोनाबाट संक्रमित भएकामा दुई लाख ६१ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४५ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १५ हजार ८ सयभन्दा छन् भने स्पेनमा १२ हजार ६ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख २८ हजार ९ सय नाघेको छ । फ्रान्समा मृतकको संख्या ८ हजार ७८ पुगेको छ ।

बेलायतमा ४ हजार ९ सय नाघेको छ । इरानमा मृतकको संख्या ३ हजार ६ सय नाघ्दा चीनमा यो संख्या ३ हजार ३ सय २९ छ । भारतमा १ सय १७ जनाको मृत्यु भएको छ । ४ हजार २ सय ८८ जना संक्रमित भएका छन् । पाकिस्तानमा ४७ जनाको मृत्यु भएको छ । ३ हजार १ सय ५१ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button