Tune to BFM 91.2|Biratnagar

संसारभर कोरोनाबाट २० लाख ९७ हजारको मृत्यु

विराटनगर, ४ वैशाख । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिव २१ लाख पुगेको छ । पछिल्लो तथ्यांकअनुसार संसारभर संक्रमितको संख्या २० लाख ९७ हजार कटेको हो ।

आज साँझ सम्म कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या भने १ लाख ३५ हजार ६ सय ९२ पुगेको छ । ५ लाख २३ हजार भने उपचारपछि निको भई घर फर्किएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख ४४ हजार नाघेको छ ।

कोरोनाबाट अमेरिकामा २८ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ६५ हजार १ सय ५५ पुगेको छ । बेलायतमा १२ हजार ८ सय ६८ जनाकोे मृत्यु हुँदा ९८ हजार ४ सय संक्रमित भएका छन् ।

स्पेनमा १९ हजार १ सय ३० जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८२ हजार नाघेको छ । फ्रान्समा १७ हजार १ सय ६७ जनाको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैगरी इरानमा ४ हजार ८ सय ६९, बेल्जियममा ४ हजार ८ सय ५७, जर्मनीमा ३ हजार ८ सय ४, चीनमा ३ हजार ३ सय ४२, नेदरल्याड्समा ३ हजार १ सय ३४, ब्राजिलमा १ हजार ७ सय ६०, स्वीडेनमा १ हजार २ सय ३ जनाको मृत्यु भएको छ ।

यसैबीच भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २३ पुगेको छ । संक्रमित हुनेको संख्या पनि १२ हजार ४ सय ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button