संस्थागत विद्यालय शिक्षक युनियनको तीन बुँदे माग

0
196

विराटनगर, २६ पुस । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले तीन बुँदे माग अघि सारेको छ । विराटनगरमा आज सम्पन्न चौथो राष्ट्रिय समितिको विस्तारित बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा कोष तुरून्त लागु हुनुपर्ने माग गरेको छ । बैठकले नियुक्ती पत्र, विदाका सुविधाहरू र विगतका नेपाल सरकारसँग भएका सहमतिहरू सरकारले कार्यन्वयन हुनुपर्ने निर्णय गरेको छ । बैठकमा शिक्षक युनियनका केन्द्रीय अध्यक्ष होमकुमार थापाले विद्यालय सञ्चालकहरुको योजना विरुद्ध देशव्यापी अभियान चलाउनुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा कोष संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीका लागि फलदायी भएको उहाँको भनाई छ । बैठकमा सातै प्रदेश र ४५ जिल्लाका प्रतिनिधि सहभागी भएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here