सचेतनामूलक र्याली

0
41

विराटनगर १ चैत । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विराटनगरमा पनि सचेतनामूलक र्याली निकालिएको छ । आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको अगुवाइमा निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरुले गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार, गुणस्तरीय बस्तु र सेवामा ध्यान पुर्याऔं,बस्तु खरिद गर्दा, उत्पादन मीति, समाप्त मिति, ब्याच नम्बर र मूल्यमा ध्यान दिऊ लगायतका सचेतना मूलक प्लेकार्ड बोकी नगरका विभिन्न भागको परिक्रमा गरेका थिए । र्याली पछि आयोजित कोण सभामा बोल्दै आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले उपभोक्ता संरक्षण ऐन लागू भैइसकेको बताउदै कार्यान्वयनको अवस्था भने कमजोर रहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here