Tune to BFM 91.2|Biratnagar

सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण

विराटनगर, १८ चैत । सञ्चारकर्मीहरुलाई समाचार संकलनको क्रममा कोरोना भाईरस जोखिमको न्यूनिकरण गर्न एक संस्थाले विराटनगरका पत्रकारहरुलाई विभिन्न स्वास्थ्यका सामाग्री आज वितरण गरेको छ ।

समाजवादी पार्टीका नगर अध्यक्ष मोहम्वत नसरुलले नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीलाई रिर्पोटिङमा खटिएका पत्रकारलाई पुुग्नेगरि विन्डचिटर, ग्लोब्स, मास्क र सेनिटाइजर लगायतका सामाग्री हस्तान्तरण गर्नु भयो ।

अध्यक्ष नसरुले सञ्चारकर्मीले जोखिमको अवस्थामा समेत समाचार संकलन तथा संम्प्रेषण गर्ने गरेकाले स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनुभयो । यसअघि उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई पनि स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button