Tune to BFM 91.2|Biratnagar

सडकका कारण स्थानियलाइ समस्या

विराटनगर, २४ असार । विराटनगर ८ प्रगति विनायक टोलमा निमार्णाधिन सडक तथा नालाको काम अलपत्र पारिंदा स्थानियले सास्ती झेल्नुपरेको छ ।

सडक र नाला निर्माणकालागि भन्दै जेठको अन्तिम साता नै खाड्ल खनेर असार शुरुबाटै निर्माण शुरु गरिएपनि विचैमा निर्माण कार्य रोकिंदा स्थानियले समस्या झेल्नुपरेको हो । निर्माण कार्य शुरु गरिएकै समयमा केहि मिटर नाला निर्माण गरिएपनि त्यसयता काम रोकिएको छ ।

निर्माण कार्य रोकिएका कारण स्थानियका घर अगाडि नाला निर्माणका निम्ती खनिएका खाडलले समस्या उत्पन्न गराएको छ । बर्षाको मौसम भएकाले खाड्लमा पानी जम्ने गर्नाले घरआँगनमा प्रवेश गर्न समस्या हुनुका साथै बालबालिका लडेर घाईते हुने समस्या सृजना भएको स्थानिय मिठुला थापाले बताउनुभयो ।

घर अगाडि खाडल पारिएका कारण एक महिना यता कतिपय सर्वसाधारणले घरबाट सवारीसाधन निकाल्न पाएका छैनन भने खाडल खन्नु अघि नै आगन बाहिर सवारीसाधन निकालेका सर्वसाधारणले अर्काको घरमा राख्नु परेको बताएका छन ।

सो बिषयमा प्रतिक्रिया दिनुहुँदै क्षेत्रीय सहरी विकास परियोजनाका भरतकुमार न्यौपानेले पछिल्लो समयको दिनदिनैको बर्षाले निर्माण कार्य प्रभावित भएको बताउनुभयो । उहाँले केहिदिनभित्रै निर्माण कार्य सम्पन्न हुने दाबी समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button