Tune to BFM 91.2|Biratnagar

सडकमा खटिएका सुरक्षाकर्मीलाई लायन्सको सहयोग

विराटनगर, १८ चैत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणकालागि विराटनगरका दुईवटा लायन्स क्लवहरुले आवश्यक सामग्री वितरण गरेका छन् ।

लायन्स क्लब अफ बिराटनगर डाईनो र लायन्स क्लब अफ बिराटनगर एक्टिभले हिजो दमकस्थित लाईफ लाईन अस्पताललाई र गौरादहका डा. तिलक खनाललाई दुई÷दुई थान र दमक नगरपालिकालाई ५ थान पीपीई प्रदान गरेको छ ।

यस्तै क्लवले सुनसरीको दुहवीदेखि झापाको बिर्तामोडसम्म सडकमा खटिएका सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर पनि वितरण गरेको लायन्स क्लव अफ विराटनगर डायनोका अध्यक्ष राजन भगतले बताउनुभयो । सो अवसरमा लायन्स क्लव डिस्ट्रिक्ट ३२५ ए वानका प्रथम निर्वाचित डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्की र एरिया चेयरपर्सन रिषभ दाहाल लगायत सहभागि हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button