Tune to BFM 91.2|Biratnagar

सडकमा महिलाको विभत्स शव फेला

विराटनगर, १६ कात्तिक । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा विभत्स अवस्थामा महिलाको शव फेला परेको छ । सडकको बीचमा अर्धनग्न अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताउनु भयो ।

उहाँका अनुसार टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको तथा सडकमा रगत बगिरहेको अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छैन । सडकमा १० मिटर जति घिसारेको र कम्मरमाथि शरीरमा कपडा नभएको अवस्थामा गएराति ८ बजेतिर शव भेटिएको जानकारी पोखरेलले दिनु भयो ।

उहाँका अनुसार घटनाको प्रकृति हेर्दा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शरीरको कपडा ठक्कर दिने सवारी साधनमै अल्झिएर गएको हुनसक्ने पोखरेलको भनाइ छ ।

अन्दाजी ३०/३५ वर्षकी महिलाको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ । प्राप्त सिसी टिभी फुटेजको अध्ययन र घटनाको अनुसन्धान थाल्दै मृतकको पहिचान तथा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button