Tune to BFM 91.2|Biratnagar

सडक आश्रित महिलाको उद्धार

विराटनगर १४ असोज । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक सडक आश्रित महिलाको उद्धार गरेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वा लगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको हो । स्थायी ठेगाना बताउन नसक्ने उनी करिव एक सातादेखि सडकमा बसेको स्थानीय यूवाहरुले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।

सडकबाट उद्धार गरि प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाव परीक्षण गरि आईसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले बताएको छ ।

महिलाको उद्धार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button