Tune to BFM 91.2|Biratnagar

सतर्क रहन नगरपालिकाको आव्हान

विराटनगर, ३० जेठ । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा १ जनामा कोरोना भाइरस पुष्टि भएपछि नगरपालिका कार्यालयले नगरवासीलाई अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरेको छ ।

भारतको उत्तरप्रदेशबाट काठमाडौंहुँदै हिजो घर आएका वडा नम्वर १ स्थित पथरी बजारका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नगरपालिकाले स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरेको हो ।

उनीसँगै बसमा काठमाडौंबाट आएका पथरी शनिश्चरेका १ र उनीसँग कन्ट्याक हुन पुगेका नगरका १ जना सुरक्षाकर्मीलाई नगरपालिकाले खडा गरेको पथरी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button