सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको नयाँ शाखा बिस्तार

0
117

विराटनगर, १६ असोज ।सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विराटनगरको ट्राफिकचोकमा नयाँ शाखा बिस्तार गरेको छ । सप्तकोशीले सो ठाँउमा आफ्नो २८ औं शाखा बिस्तार गरेको हो । बैंक परिसरमा आज आयोजित कार्यक्रकाबीच नेपाल राष्ट्र बैंकका प्रतिनिधि देवकुमार ढकालले नयाँ शाखाको उद्घाटन गर्नुभयो । ट्राफिकचोक,महेन्द्रचोक र संसारीमाई क्षेत्र आसपासका ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित त्यहाँ शाखा विस्तार गरिएको बैंकका सिईओ नवीन सुवेदीले जानकारी दिनुभयो । सो बैंकले आजै रतुवामाई नगरपालिकाको दाम्राभिट्ठामा २९ औं शाखा बिस्तार गरेको जनाइएको छ । यससंगै प्रदेश १ कार्यक्षेत्र रहेको सो बैंकको १ कर्पोरेट सहित २९ शाखा पुगेका छन । सप्तकोशी बैंकका प्रदेश १ भरि ७५ हजार ग्राहक रहेको जनाइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here