Tune to BFM 91.2|Biratnagar

सप्तरीका दुई वटा स्थानीय तहका वडा शिल

विराटनगर, ३ वैशाख । र्यापिड डायनोष्टिक टेष्ट ( आरडिटी) मा दुई जनामा कोरोना पोजेटिभ पाइएपछि सप्तरीका दुई वटा स्थानीय तहका वडालाई आजदेखि शिल गरिएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी र खडक नगरपालिका वडा नं. ११ जाजरलाई शिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ । यसैबीच भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिए पनि पिसिआरमा गरिएको परीक्षणमा भने नेगेटिभ आएको छ ।

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पिसिआर प्रविधि जाँच गर्दा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । हिजो र्यापिड टेस्ट गर्दा उनीहरूमा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि धरान पठाइएको थियो । उनीहरू गत महिना दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्केका थिए ।

भारतको दिल्ली मरकजबाट फर्केका ७ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र्यापिड डाइनोष्टिक टेष्ट गर्दा ती दुई जनामा कोरोना पोजेटिभ पाइएको थियो । र्यापिड डाइनोष्टिक टेष्टबाट कोरोना पोजिटिभ पाइएका दुबै जनाको सो वडा स्थायी ठेगाना रहेकाले जिल्ला सुरक्षा समितिको बैठकले दुवै वडालाई शिल गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button