Tune to BFM 91.2|Biratnagar

सप्तरीका संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, १५ असोज । सप्तरी घर भएका कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज दिउँसो मृत्यु भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार सप्तरीको विसनपुर–५ घर भएका ६७ वर्षीय पुरुषको दिउँसो १ः५० बजे मृत्यु भएको हो । कोरोना रिपोर्ट पोजेटिभ आएको पाँच मिनेटभित्रै वृद्धको मृत्यु भएको जानकारी उहाँले दिनु भयो ।

वृद्धलाई थप उपचारका लागि विराटनगरकै म्याक्स अस्पतालले हिजो नोबेल रेफर गरेको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै नोबेलले भएपछि आकस्मिक कक्षको आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दाहालको भनाइ छ ।

नोेबेलकै प्रयोगशालाबाट रिपोर्ट आज दिउँसो १ः४५ बजे पोजेटिभ आएको र त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै संक्रमितको मृत्यु भएको उहाँको भनाइ छ । दाहालका अनुसार कोरोना पुष्टि भएको केही बेरमै मृत्यु भएकाले वृद्धलाई अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार गराउन पाइएन ।

चिकित्सकलाई उद्रित गर्दै उहाँले दिएको जानकारी अनुसार वृद्धमा मधुमेह, उच्च रक्तचाप र मृगौलाको पुरानो समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button