Tune to BFM 91.2|Biratnagar

सप्तरीमा तीन जनाको मृत्यु

विराटनगर, २१ साउन । कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि धरानतर्फ पठाइएपनि धरान जाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिनुभयो ।

यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो। मृत्यु भएका रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको आज बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेर स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो ।

उहाले ती पुरुषसहित मृत्यु भएका तीनै जनाको स्वाब संकलन गर्ने काम भएको जानकारी दिनुभयो। उहाले रपिोर्ट आएपछिमात्र मृत्युको कारण खुल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button