Tune to BFM 91.2|Biratnagar

सप्तरीमा दैनिक हाटबजार सञ्चालन , संक्रमण हुनसक्ने सम्भावना

बिराटनगर १६चैत । सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्दै सप्तरीको राजविराज नगरपालिकामा हाटबजार सञ्चालनमा ल्याइएको छ ।सर्वसाधारणलाई फलफूल तथा तरकारी किन्न अफ्टेरो परेको भन्दै नगरपालिकाले राज रङ्गशालामा हाटबजार सञ्चालनमा ल्याएको छ ।

रङ्गशालामा आजदेखि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्मका लागि तीन घण्टा हाटबजार लाग्ने बताईएको छ ।बजार पूर्ण रुपमा ठप्प रहेकोले सर्वसाधारणलाई किनमेल गर्न समस्या भएपछि हाट बजारले भौतिक दूरी व्यवस्थापन नगरेको स्थानीय वुद्धिजिवीहरुले बताएका छन ।

हाटमा विहान एक्कासी भींड बढ्ने गरेको हुँदा कोरोना भाइरसको संक्रमण हुनसक्ने सम्भावना रहेकोले तरकारी हाटको समय बढाउनुपर्ने नागरिक समाजका अगुवाहरुले आग्रह गरेका छन् ।लकडाउनको अवस्थामा हाटबजार सञ्चालन गरिए पनि अव्यवस्थित रुपमा भीड बढ्दै गएकोले सम्बन्धित निकायले ध्यान दिनुपर्ने सामाजिक कार्यकर्ताहरुको सुझाव छ ।

लकडाउन घोषणा भएकै दिनदेखि सप्तरी जिल्लामा पूर्ण रुपमा पालना गराउन नेपाल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ ।तर पुर्ण रुपमा लकडाउन पालना नभएको स्थानियले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button