Tune to BFM 91.2|Biratnagar

सप्तरीमा भेटीए संक्रमित , नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं २९ वशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १२१ पुगेको छ । पछिल्लो संक्रमित सप्तरी डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।

यसअघि आजै बिहान कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिनुभएको थियो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button