Tune to BFM 91.2|Biratnagar

सबै निर्णय सरकारले मान्नैपर्छ भन्ने छैन : उपप्रधानमन्त्री पोखरेल

विराटनगर, १७ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको सबै निर्देशन सरकार मान्नुपर्छ भन्ने नभएको बताउनु भएको छ । आज सुनसरीको इटहरीमा प्रेस संगठन नेपाल प्रदेश १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकार पार्टीको नीति र घोषणापत्रअनुसार चल्ने प्रष्टीकरण दिनुभयो ।

नेकपाको सचिवालयभित्र पनि अर्काे सचिवालय भएको बताउँदै उहााले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णय नमान्ने भन्दा पनि सचिवालयभित्रको सचिवालयको निर्णय नमानेको दाबी गर्नुभयो ।

पोखरेलले गुटको भेलाको निर्णय सरकारले नमान्ने जिकिर गर्नुभयोे । उपप्रधानमन्त्री पोखरेलले योजनाअनुसार सरकारले काम गरिरहेको बताउँदै पहिलो वर्ष आधार निर्माण गरेको, दोस्रो वर्ष काम सुरु गरेको, तेस्रो वर्ष कामको गति दिने र चौथो वर्ष परिणाम आउने दावी गर्नुभयो ।

उहाँले कम्युनिष्ट पार्टी सरकारमा पुगेको बाहिरी र केही भित्री शक्तिलाई नपचेको बताउनुभयो । बेलाबेला केही काण्ड निकालेर सरकारलाई असफल बनाउने खेल भइरहे पनि त्यो सफल नहुने उहाँको भनाइ छ ।

वाइटबडी, निर्मला पन्त र गोविन्द केसीको कुरा उचालेर सरकारविरुद्ध कदम चलिरहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button