Tune to BFM 91.2|Biratnagar

सभामुख बढी प्रचारमा आउन खोजे : मन्त्री ढकाल

विराटनगर, १८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले सभामुख अग्निप्रसाद सापकोटा प्रचारमा आउन संवैधानिक परिषदको बैठकले गरेको सिफारिस फिर्ता गरेको बताउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ढकालले सभामुख बढी प्रचारमुखी भएको बताउनुभयो । संवैधानिक परिषदको बैठकले गरेको सिफारिस फिर्ताले केही असर नगर्ने उहाँको भनाई छ । सभामुख सापकोटाले परिषद्को सदस्यको हैसियतमा भन्दा पनि व्यक्तिगत रुपमा सिफारिस फिर्ता गरेको मन्त्री ढकालको जिकिर छ । संवैधानिक र कानुनी हिसावले सिफारिस फिर्ताको अर्थ नभएको उहाँले बताउनुभयो ।

संवैधानिक परिषद्मा गरिएको नियुक्त प्रकृया अघि बढेको मन्त्री ढकालले बताउनुभयो । परिषद्को निर्णय अनुसार नियुक्ती हुने उहाँको भनाई छ । मन्त्री ढकालले काठमाण्डौंमा माघ २३ गते आयोजना गरिएको जनसभाको सहभागिता बढाउन आलोचकले सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ विरोधीको प्रचारका कारण पनि सहभागिता बढ्ने भयो ।’ विरोधीहरुले भने जस्तो माघ २३ गते कुनैपनि निर्णय नहुने उहाँको दावी छ ।

जनसभाको सहभागिता उल्लेख्य हुने देखिएकाले नारायणहिटी अगाडी कार्यक्रम राखिएको मन्त्री ढकालले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ राजनीतिक दलले काठमाण्डौंमा हैसियत अनुसार सभा गर्छन ।’ ठुलो स्थानमा सभा गर्र्ने तयारी अनुसार कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री ढकालले भन्नुभयोे,‘ ठुलो ठाउँको खोजि गर्दा त्यहाँ गर्ने निर्णय गरियो ।’ सरकारले निर्धारण गरेकै मितिमा निर्वाचन हुने उहाँको भनाई छ ।

सरकारको विरोध गरेपनि राजनीतिक दलले निर्वाचनको तयारी गरिरहेको मन्त्री ढकालले बताउनुभयो । सरकारको विरोध गरेपनि दलहरुले भित्र भित्रै निर्वाचनको पनि तयारी गरिरहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button