‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

0
237

विराटनगर, २४ साउन । कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुपमा समयको हुरी पाठकमाझ आएको छ । कविताको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले वर्षा मूलत कवि भएको चर्चा गरे । सरल भाषाशैलीमा समसामयिक विषयलाई उठान गर्न सिपालु वर्षाले आध्यात्मिक र मातृभूमिप्रतिको स्नेहलाई सशक्त रुपमा उठाएको सुवेदीको भनाइ थियो । उनले कवितामार्फत कविले सत्तालाई समेत खबरदारी गरेको बताए । विभिन्न विषयलाई आधार बनाएर लेखेका ९३ वटा कविता छन् संग्रहमा । कवि एवं पत्रकार मीनकुमार नवोदितले वर्षाको कवितासंग्रहमा प्रचुर देशभक्ति भावना र जीवनको यथार्थता पाइने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here