समाजवादी पार्टीको बिरोध र्याली

विराटनगर, ३ असोज ।संविधान सभाले जारी गरेको संबिधान मधेश र मधेशी बिरोधी भएको भन्दै जनता समाजवादी पार्टीले संविधान जारी भएको दिनलाई कालो दिन भनेर विराटनगरमा आज बिरोध र्याली निकालेको छ ।

संविधानमा मधेशी,महिला , आदिवासी जनजाति ,सिमान्तकृत वर्गको मर्म ,भावना र अधिकारलाई नसमेटेको भन्दै संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा बिरोध गरिएको जनता समाजवादी मोरङले जनाएको छ ।

मधेश र मधेशी माथि शासन र दमन गर्ने संविधान भएकोले यसलाई संशोधन नगरे सम्म संविधानलाई स्वीकार गर्न नसक्ने सो पार्टीले जनाएको छ ।

कालो दिनका रुपमा विरोधमा उत्रिएका जनता समाजवादीका नेता कार्यकर्ताले बिराटनगरको संसारीमाई स्थानबाट निकालेको बिरोध र्याली विराटनगरको बि प्लटमा पुगी कोणसभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button