Tune to BFM 91.2|Biratnagar

समुदायको सहयोगमा सशस्त्र प्रहरीलाई भवन निर्माण

विराटनगर, २० जेठ । सशस्त्र प्रहरी वल सुरक्षा बेश बाहुनी भवनको उद्घाटन गरिएको छ । समुदायबाट २ करोड ६० लाखमा निर्मित भवनको आज बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

२०६३ चैत २९ गते स्थापना भएको सुरक्षा बेश भवन अभावमामा सुनसरी मोरंग सिंचाई आयोजनाको पुरानो तथा जिर्ण भवनबाट कार्यसम्पादन गर्दै आईरहेको थियो ।

२०६९ फागुन ४ गते स्थानीय तारावीर कटुवालको अध्यक्षतामा सप्ताह महापुराण लगाई सुरक्षा बेश बाहुनीको नाममा १ करोड १६ लाख मुल्य बराबरको ११ कठ्ठा १२ धुर जमिन खरिद गरि स्थायी संरचना निर्माणको काम शुरु गरिएको थियो ।

सो भवन निर्माणको लागि पूर्व श्रमराज्यमन्त्री दिलिप गच्छदारले संसद बिकास कोषबाट २० लाख, प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा बातावरण राज्यमन्त्री बिजय बिश्वासले संसद बिकास कोषबाट १० लाख, बेलबारी नगरपालिकाले ३६ लाख, ग्रामथान गाँउपालिकाले ५ लाख, कानेपोखरी गाँउपालिकाले ५ लाख ५० हजार, बुद्ध एयर प्रालिले १० लाख, ब्यवसायी कमल गोयल र जय तामाङ्गबाट२८ लाख, ब्यवसायी धनराज गजमेर र बालकुमारी गजमेरबाट २ लाख ५० हजार र स्थानिय जनसहयोगबाट २१ लाख गरि २ करोड ६० लाख बराबरको सहयोग गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button