सम्झौतामा न्यायपालिकाको शंकास्पद भूमिका

0
37

विराटनगर १ चैत । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउत र सरकारवीच भएको सम्झौतामा न्यायपालिकाको शंकास्पद भूमिका देखिएको आरोप लगाउनु भएको छ । सरकारले न्यायपालिकालाई प्रभावमा पारेर देशमा फेरी गृहयूद्ध निम्ताउन खोजेको उहाँले आरोप लगाउनुभयो । नेपाल टेलिकम वर्कस यूनियन प्रदेश नम्बर १ को १२ औ क्षेत्रीय अबिधेशनलाई आज विराटनगरमा सम्बोधन गर्दै डाक्टर कोइरालाले यो सम्झौताले न्याय क्षेत्रको बिश्वसनियता माथी प्रश्न खडा गरेको बताउनुभयो । उहाँले अदालतले छोडेको भोलीपल्टै आफ्नै पार्टीका साथीहरूलाई सुइको समेत नदिई कसरी सहमति हुन्छ भन्ने प्रश्न गर्दे यो घटनाले न्यायपालिका निष्पक्ष बन्न नसकेको आरोप लगाउनुभयो । मधेशलाई बेग्लै देश बनाउँछु भन्दै हिडेका राउतसँग सम्झौत गर्ने र विप्लब माओवादीलाई प्रतिवन्ध लगाउने सरकारको रवैयाले देश फेरी गृहयूद्धको भूमरीमा फस्ने होइन ? भन्दै प्रतिप्रश्न गर्नुभयोे । कांग्रेसले पनि कुनै बेला प्रचण्ड, बाबुराम र बादललाई आतंककारी घोषणा गरेको स्मरण गर्दै उहाँले आतंकारी घोषणा गर्दै प्रतिबन्ध लगाउँदैमा समस्याको निकास ननिस्कने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here