Tune to BFM 91.2|Biratnagar

सम्मान समर्पण सम्पन्न

विराटनगर ,१६ माघ । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठी द्धारा २०७७ सालको पुरस्कार आज समर्पण गरीएको छ ।

साहित्य र संस्कृतिको सेवा गरेबापत चितवनका कवि गोर्खे साइँलो ( ऋषि प्रसाद लामिछाने), खेलकुदको क्षेत्रमा योगदान गरेका विराटनगरका सन्तोष बानियाँ र अरनिको बोर्डिङ्ग स्कूलमा अध्ययन गरि उच्च शिक्षा अध्ययनका क्रममा अष्ट्रेलियाबाट स्वर्ण पदक प्राप्त गरेका र नेपाल सरकारबाट नेपाल विद्याभूषण पदक –ख प्राप्त गर्न सफल डा. गंगाराम यादवलाई एक समारोहका बीच हस्तान्तरण गरीएको अध्यक्ष दिनेशराज सुवेदीले जानकारी दिनुभयो ।

सो पुरस्कारको राशि क्रमस २५,०००,१५,०००र ११,००० सहित सम्मान पत्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button