सय बर्ष बढी पुराना रुखहरु काटिए

0
235

विराटनगर, ५ जेठ । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ सामुन्ने रहेका सय बर्ष बढी पुराना रुखहरु काटिएका छन् । सो ठांउमा रहेको बर र पिपलको सयबर्ष बढी पुरानो रुख काटिएपछि त्यो क्षेत्र उजाड देखिएको छ । जिल्ला प्रशासन कार्यालयमा दैनिकरुपमा हजारौं सेवाग्राही आउने गरेका कारण बढी भिडभाड हुने अवस्थामा त्यहां रहेको रुख मुनि सर्वसाधारण थकाई मार्ने र सुस्ताउने गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा आफ्नो कार्य सम्पादनको क्रममा लाग्ने समय उपयोगगर्न सर्वसाधारण रुखमुनि बनाइएका चौतारामा बसेर गफिने गरेका थिए । तर हठात रुख काटिएपछि स्थानियवासीले विरोध जनाएका छन । यता मोरङका साहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले रुखहरु निकै पुरानो भएका कारण हांगाहरु झर्न थालेको र त्यस कारण दुर्घटना हुने सम्भावना देखिएपछि काट्नुपरेको प्रतिक्रिया दिनुभयो । उहांले रुख काटिएको ठांउमा नयां रुख रोपिने जानकारी समेत दिनुभयो । सडक र नाला निर्माणका लागि भन्दै नगरक्षेत्रको संसारीमाई स्थान पछाडि रहेका निकै पुराना बरपिपलको रुख समेत काटिएको छ । यस्तै नगरक्षेत्र र आसपासका अन्य स्थानमा समेत सयौं रुखहरु काटिएका छन् । जसका कारण वातावरणमा प्रतिकुल असरपर्ने जानकारहरु बताउँछन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here