Tune to BFM 91.2|Biratnagar

सरकारको स्वच्छेचारी प्रवृतिका कारण कांग्रेस आन्दाोलनगर्न वाध्य : डा संशाक कोइराला

विराटनगर २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसका महामंत्री डा संशाक कोइरालाले सरकारको स्वच्छेचारी प्रवृति कारण कांग्रेस आन्दाोलनगर्न वाध्य भएको वताउनुु भएको छ । नेपाली काग्रेस मोरङद्धारा विराटनगर आज आयोजित विरोधसभालाई संवोधन गर्नुुहुुर्दै सरकार गठन भएको साढे तिनवर्षको अवधिमाा सरकारले जनताको पंक्षमा कामगर्न नसकेको उहाले आरोप लगाउनुुभयो । वालुुवाटारको जग्गा प्रकरण हवाइटवडि विमान प्रकरण जस्ता धेरै विषय वाहिर आएपनि त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन उहाले भन्नुुभयो ।

महामंत्री कोइरालाले नया भिजन र नया दिष्टिकोणका साथ सरकारले ठुुलाठुुला आयोजना ल्याउनुुपर्ने वताउनुुभयो । उहाले राजनितिक स्थाइत्व तथा सुुशासन कायमगर्ने तर्फ सरकार लाग्नुुपर्ने उहाको भनाई थियो । कांग्रेस संगठित भएमा कांग्रेसलाई कसैलेपनि हराउन नसक्ने भन्दै उहाले कांग्रेसको आर्दश विचारलाई आत्मसाथगर्दै पार्टीलाई एक ढिक्का वनाउनुु आफनो उदेश्य रहेको वताउनुुभयो ।

राष्ट्रसभाका सदस्य रमेशजंग रायमाझीले जनताको पंक्षमा सरकारले काम गर्न नसकेको उल्लेख गर्नुुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले सरकारले जनताप्रतीको विश्वास गुुमाउदै गएकाले जनतको मन जित्नेगरि सरकारले काम गर्नुुपर्ने वताउनुुभयो ।नेपाली कांग्रेस मोरङका सभापती डिकवहादुुर लिम्वुु कांग्रेस नेता भक्तिनाथ माझी, सत्यनारायण भगत , सोभा पालुुंगा तथा विराटनगर महानगरपालिका तरुणदल नगरसभापती सन्तोष न्योपानेले जनताको हितमा सरकारले कामगर्नुुपर्नेमा जोड दिनुुभयो ।

त्यस अघि विरेन्द्रसभागृह अगाडी वाट विरोध र्याली निकालेको थियो । विभिन्न नारा लगाउर्दै निस्केको सो र्याली नगरको विभिन्न भागको परिक्रमागर्दै जनआन्दोलन चौकमा आई सभामा परिणत भएको थियो । त्यस अघि तरुणदल विराटनगर महानगर समितिको आयोजनामा मोटरसाईकल र्याली समेत निकालिएको थियो ।

उता, नेपाली काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा बिरोधसभाको आयोजना गरेको छ । सभा अघि काँग्रेन नेता कार्यकर्ताले इनरुवामा जुलुस निकालेका थिए । सरकार बिरोधी प्रर्दशनमा काँग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिरोध प्रर्दशन प्रश्चात काँग्रेसले इनरुवाको बस चौकमा सभाको आयोजना गरेको छ । सो सभालाई काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्बोधन गर्नुभएको छ । बिरोध सभालाई सम्बोधन गर्दै नेता कार्कीले ओली सरकार सर्वसत्तावादतर्फ उन्मूख भएको भन्दै नेकपा सरकारको अवसानको दिन सुरु भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button