Tune to BFM 91.2|Biratnagar

सरकारलाई कोभिड–१९ ले हुन सक्ने क्षतिबारे कुनै ज्ञान नै छैन : देउवा

काठमाडौं ४ जेठ । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड–१९ ले हुन सक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गर्नुभएको छ् ।

आज प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुःखप्रति कुनै सम्वेदना नभएको आरोप लगाउनुभयो ।

कोरोना भाइरसको महामारीको समयमा आएको सरकारको नीति तथा कार्यक्रम बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनामा अल्झिएको देउवाले आरोप लगाउनुभयो । नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल रहेको देउवाको भनाई थियो ।

सरकार महामारी नियन्त्रण गर्न पूर्ण रुपले असफल भएको छ’ उहाले भन्नुभयो । नेपालमा कोरोना संक्रमण देखिएको चार महिना र लकडाउन गरेको ५५ दिन भइसक्दा पनि जम्मा २६ हजारको मात्र पीसीआर परीक्षण हुनु दुःखद् रहेको देउवाले बताउनुभयो । यत्तिका दिनपछि पनि स्वास्थ्यकर्मीको सुरक्षा उपकरणलगायत आवश्यक सामग्रीको उपलब्धता नहुनु, भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको आवश्यक नहुनु सरकारको कमजोरी भएको उहाको भनाइ छ ।‘

उहाले विदेशमा लाखौं नेपाली कोरोना संक्रमणको जोखिममा रहेको र भारतको सीमावर्ती क्षेत्रमा धेरै अलपत्र रहेको भन्दै उनीहरूलाई सुरक्षित तरिकाले घर फर्किने वातावरण बनाउन माग पनि गर्नुभयो । उहाले पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र समुदायस्तरमा पीसीआर परीक्षण व्यापक बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा नै रमाएको भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघिका दुई वर्षको आफ्नै नीति तथा कार्यक्रम पढ्न सुझाव समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button